अन्तत भारतसंग झुकेनन् प्रचण्ड ! प्रचण्डको कुरा सुनेर भारतीय राजदूत रातोपिरो र चकित बने ! के भने प्रचण्डले ?

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगे ।

राजदूत पुरीको हातमा एउटा कागज थियो । जुन एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकतासम्बन्धी सात बुँदे सहमतिको ड्राफ्ट थियो । कुराकानी सुरु भएपछि राजदूत पुरीले उक्त सहमति देखाएर प्रचण्डलाई सोधे ‘यो के हो ?’ दुवै पार्टीका सीमित नेताहरुलाई मात्र वितरण गरिएको सहमतिपत्र भारतीय राजदूतले बोकेर आएपछि झस्किएका प्रचण्डले जवाफ दिए, ‘त्यहाँ जे लेखेको छ त्यो सही हो ।’ प्रचण्डले कुरा मुखमा खस्न नपाउँदै राजदूतले भनिहाले, ‘यो सच्याउनुस्, यसले तपाईं र तपाईंको पार्टीलाई पनि फाइदा गर्दैन ।’

राजदूतले पुरीले एमाले अध्यक्ष केपी ओली विश्वासका लागि लायक नभएको र कुनै पनि बेला धोका दिन सक्ने भन्दै सहमतिबाट पछि हट्न प्रचण्डलाई सुझाए । तर, प्रचण्डले अस्वीकार गरे । लामो छलफल र विचार विमर्शपछि मात्र एकाताको निर्णयमा आफूहरु पुगेको र त्यसबाट दुई पार्टी एमाले र माओवादी केन्द्र पछि फर्कन नसक्नेबारे स्पष्ट हुन उनले राजदूतलाई आग्रह गरे ।

बाम एकताको निर्णय नेपालभित्रका नेपाली काँग्रेससहितका दल वा छिमेकी भारतविरुद्ध लक्षित नरहेको उनको भनाइ थियो । ‘हामीले कसैका विरुद्धमा भन्दा पनि नेपाल राष्ट्रको स्थायित्व, विकास र समृद्धिलाई ख्यालमा राखेर यो निर्णय गरेका हौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै लाजिम्पाट स्रोतले काठमाण्डुटुडेसँग भन्यो, ‘हाम्रो सहमति भत्किँदैन, बरु बलियो हुन्छ ।’ प्रचण्डको जवाफले रातोपिरो भएका राजदूत पुरीले काँग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले धोका दिएको आरोप लगाए । तर प्रचण्डले त्यसको प्रतिवाद गर्दै काँग्रेससँग सधैंका लागि सत्ता गठबन्धन नभएको बताए ।

भारतीय नेताहरुले पटकपटक आफूहरुले नेपालमा स्थायित्व र विकास चाहेको बताउने गरेको चर्चा गर्दै प्रचण्डले स्थायित्वका लागि राजनीतिक दल र सरकार बलियो हुनुपर्नेमा जोड दिए । ‘नेपालमा राजनीतिक स्थितिरता र विकास भयो भने भारतलाई सुरक्षा खतरा हुँदैन’, उनले भने, ‘स्थायित्वका लागि पहिला राजनीतिक दल र सरकार बलियो चाहिन्छ ।’ दल बलियो नभई सरकार बलियो नहुने भएकाले दुई दल मिलेको उनको तर्क थियो ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: