एकाएक पुरा हुँदै ओलीको सपना नेपाली जनताको खुशी : नागढुंगा-धुलिखेल रेलमार्गको अध्ययन शुरु, गर्न चिनिया टोलि नेपाल आए ! अब र …..भिडियो सहित

काठमाडौं,१७ पुस २०७४ : लगानी बोर्डले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्दैछ ।

कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुुसार अध्ययनका लागि करिब एक वर्ष लाग्नेछ ।

सम्भाव्य देखिए वर्षदिनभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पार्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । गत २७ कात्तिकमा सरकारले उक्त आयोजना लगानी बोर्डमार्फत् अगाडि बढाउने निर्णय गरेको थियो ।

बोर्डले काठमाडौंमा रेलमार्गबारे एक अध्ययन प्रतिवेदन यसअघि नै तयार पारेको छ, जसलाई १० पुसको बोर्ड बैठकमा पेश गरिएको थियो ।

२५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रो रेलको विकास मोडेल तथा अनुदानबारे अध्ययन गर्न एक समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदनमा टेक्दै सरकारले बोर्डलाई काम अगाडि बढाउन निर्देशन दिएको थियो ।

नागढुंगा-धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ

त्यसअघि जापानी सहयोग नियोग (जाइका) र कोरियाली इन्जिनियरिङ कम्पनीले पनि काठमाडौंमा रेलमार्गबारे अध्ययन गरेका थिए । ती सबै प्रतिवेदनलाई आधार बनाएर विभागले आफ्नो रिपोर्ट तयार पारेको हो ।

नागढुंगा-धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ ।

बारम्बार अध्ययन भए पनि भौतिक प्रगति नहुँदा उक्त आयोजना कागजमै सीमित छ । अहिलेसम्म डीपीआरसम्म तयार हुन सकेको छैन ।

उक्त रेलमार्गलाई ‘काठमाडौं-१’ नामाकरण गरिएको छ । र, सार्वजनिक-निजी साझेदारी (पीपीपी)अन्तर्गत बुट मोडेलमा निर्माण गर्ने बोर्डको तयारी छ ।

बोर्डको प्रतिवेदनमा बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं-तराई द्रुत मार्ग जोड्ने रेलमार्ग निर्माणको जिम्मा रेल विभागलाई दिन सुझाइएको छ । तर, त्यो बोर्ड बैठकबाट पारित भएको छैन ।

अहिलेकै गतिमा काम भए ‘काठमाडौं-१’ रेलमार्गका लागि डीपीआर तयार र निर्माण कम्पनी छनोट गर्न कम्तिमा अढाइ वर्ष लाग्नेछ । र, तत्काल भौतिक प्रगति शुरु भए तीन वर्षपछि संरचनाहरु निर्माण हुन थाल्नेछन् । अनलाइनखबर

यो पनि पढ्नुहोस् :

एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् ।

भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ ।

हराएकामा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

यो पनि पढ्नुहोस् :

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी परीणामलाई लिएर आफ्नो आलोचना गर्नेहरुलाई कडा जवाफ दिएका छन् ।साथै उनले अब अनुशासन उल्लंघन गर्नेलार्इ कडा कारबाही गर्ने चेतावनी दिए ।

मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देवाले भने, हाम्रो पार्टी हारेको छैन ।एक्लाएक्लै पाएको भोट अरु कसैको भन्दा कम छैनौं ।’

प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ । प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुले त नेतृत्व परिर्वतनको माग गरेका छन् ।

तर, देउवाले उनीहरूको माग ठाडै अस्वीकार गरेका छन् । उनले अघि भने, एमालेले भन्दा कम मत ल्याएको छैन, पार्टीभित्र मेरो विरोध गर्नेहरुले पनि बुझुन् ।’

कांग्रेस सभापति देउवाले चुनावी हारको दोष आफूलाई नदिन आग्रह गरे । ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ उनले भने, स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगरेको फल अहिले पाएका छौं । त्यसैले अब कडा भन्दा कडा कारबाही गरिन्छ ।’

उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताए ।

साथै चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलार्इ आग्रह गरे । ‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ?’

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: