कसैको दवाब आउँदैमा संविधानविरुद्ध नजाने रास्ट्रपति भण्डारीको अडान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार र दलहरूबाट जस्तोसुकै दबाब आए पनि संविधानविरुद्ध काम नगर्ने प्रस्ट पारेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका दलहरूले एकअर्काविरोधी दबाब दिएपछि राष्ट्रपति भण्डारीले संविधानको भावनाविरुद्ध आफू कुनै काम गर्न मञ्जुर नभएको प्रस्ट पारेकी हुन् ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विषयमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने दबाब दिएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले फिर्ता पठाउनुपर्ने अडान राखेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेका वाम गठबन्धनका नेताहरूको अध्यादेश फिर्ता पठाउनुपर्ने अडान र अध्यादेश जारी हुनैपर्ने प्रधानमन्त्रीको अडानबीच राष्ट्रपति भण्डारीले संविधानसम्मत निकास मात्रै आफूले मान्ने प्रस्ट पारेकी हुन् ।

संविधानको संरक्षकको हैसियतले आफूले दबाबमा परेर संविधानविरुद्ध काम गर्न नसक्ने राष्ट्रपतिको भनाइ छ । प्रधानमन्त्रीसँग दलहरूबीच सहमति कायम गरी संविधानसम्मत निकास खोज्न सुझाएकी राष्ट्रपति भण्डारीले बुधबार भएको भेटमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई पनि सोही अडान राखिन् ।

‘दबाबमा परेर संविधानकै विरुद्धमा जान सक्दिनँ, तपाईंहरूले सहमति गरेर संविधानसम्मत निकास दिनोस्, दलहरू मिलेपछि जे पनि गर्न सकिन्छ, संविधानको भावनाविपरीत पनि जान सकिन्छ भन्ने कुराचाहिँ नहोस्,’ शीतलनिवास स्रोतका अनुसार ओली र दाहालसँग राष्ट्रपतिको भनाइ थियो ।

उनले सोही धारणा प्रधानमन्त्री देउवालाई प्रस्ट रूपमा राखेको जानकारीसमेत दिएकी थिइन् । राष्ट्रपति कार्यालयले राजनीति जान्दैन, संविधान मात्रै हेर्छ, संविधानअनुसार नभए जस्तोसुकै दबाब दिए पनि केही हुन्न,’ प्रधानमन्त्रीलाई दिएको सुझाब उद्धृत गर्दै ओली र दाहाललाई राष्ट्रपतिको सुझाब थियो । उनले चुनावमा बहुमत प्राप्त गरी जनताबाट म्यान्डेट पाएको दल एमाले र माओवादीबाट संविधानसम्मत निकासका लागि पहलकदमी हुन नसकेको भन्दै असन्तुष्टिसमेत जनाइन् ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच विवाद बढ्न थालेपछि आफैँ पहलकदमी लिएकी राष्ट्रपति भण्डारीले बुधबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई परामर्शका लागि बोलाएकी थिइन् । राष्ट्रपतिसँगको भेटमा ओली र दाहालले भने चुनाव हारेपछि प्रधानमन्त्री देउवा संविधान र कानुनकै खिलाफमा जान थालेको बताएका थिए ।

राष्ट्रिय सभा अध्यादेश संविधानविरुद्ध रहेको भन्दै ओली र दाहालले फिर्ता पठाउन सुझाएका थिए । ‘यो सरकारले पठाएको अध्यादेश असंवैधानिक छ, यसमा कसरी सहमति हुन सक्छ ? फिर्ता पठाउनुपर्छ,’ राष्ट्रपतिसामु ओली र दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । राष्ट्रपतिले सरकार चलाउने जिम्मेवारी जनताबाट पाएको दलले विपक्षीलाई कसरी संविधानसम्मत निकासका लागि सहमत गराउने भन्ने जिम्मेवारीबोध गर्नसमेत सुझाब दिएकी छन् ।

‘विगतमा कतिपय कुरा सहमति भए ठीकै छ भन्ने कुरा थियो, अब जनताको म्यान्डेट आएको छ, संविधानको मर्मअनुसार सबै चल्नुपर्छ, एकपटक संविधानको भावनाभन्दा बाहिर गइयो भने त्यो नै नजिर बस्छ, यस्तो काम अब सम्भव हुन्न,’ नेताद्वयलाई राष्ट्रपतिको सुझाब थियो ।

राष्ट्रपतिले अब सरकार गठनको प्रक्रिया अघि बढिरहेकाले दुवै दलले निर्वाचन आयोगसहित सबै राजनीतिक दलसँग छलफल र परामर्श गरी निकास दिनेतिर लाग्नसमेत सुझाब दिएकी छन् । राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले नेताहरूसँग राष्ट्रपतिले संविधानअनुसार निकास दिई मुलुकलाई समृद्धिको बाटोमा लान सुझाब दिएको बताए ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: