‘किन घुस माग्नु भो?’ भन्दा कुटपिट (हेर्नुहोस महानगर प्रहरीको दुर्व्यवहार)

काठमाडौं। सडक किनारामा ठेला राखेर वदाम बेच्ने युवालाई महानगर प्रहरीले दुर्व्यवहार गरेको छ । बा १ झ ९७१७ नम्बरको महानगर प्रहरी लेखिएको गाडीमा सवार प्रहरीबाट एक युवामाथि कुटपिट भएको हो।

बानेश्वरको सडक किनारामा ठेला राखेका युवाको सामान जफत गरेर गाडीमा राखेपछि ती प्रहरी महिलाले युवासँग दुईसय रुपैयाँ मागेकी थिइन्। पैसा पाए सामान फिर्ता दिने भन्दै आफूसँग पैसा मागेको ती युवाले उपस्थित भिडमा बताएका थिए।

ती युवाले पोल खोल्न थालेपछि प्रहरीले उनलाई गाडीमा कोचेर लैजान लागेका थिए। तर ती युवाले मानेनन्, प्रतविाद गरे। मसँग कति पैसा मागेको ? भन्दै र्याखर्याख्ती पारेपछि ती प्रहरी महिला र उनका चालक एकाएक भड्किएका थिए । त्यसपछि प्रहरीको दुर्व्यवहार बढेर कुटपिटसम्मै हुन पुग्यो।

अफूमाथि अन्याय भएको भन्दै जोरसोरले प्रतिवाद गरेका युवामाथि प्रहरी कुटपिटमै उत्रिएपछि युवाको केही चल्दैन। ठेलामा बदाम बेच्ने ती युवाको मुख्य गुनासो थियो– ‘मसँग किन दुईसय माग्नु भो?’ त्यसमाथि अरु प्रहरी पनि थपिएपछि युवा निरिह भएर बाटो लाग्छन्।

जुटेको भिडले ‘दुःख गरेर खाने एकजना युवालाई खुलेआम लछारपछार पारेर कुटपिट गर्ने अधिकार तपाइँलाई छ?’ भन्दै महानगरका ती प्रहरीलाई प्रश्न गरेपछि प्रहरी झनै आक्रोशित बनेकी थिइन्। दुःख गरेर खाने आफ्नो सामान जफत भएको, त्यसमाथि घुस मागिएको र आवाज उठाउँदा कुटिनु परेको भन्दै ती युवा रुँदै त्यहाँबाट हिडेका थिए।

महानगर प्रहरी कार्यालयबाट नयाँ बानेश्वरमा खटिएका प्रहरीले एकजना युवालाई बीच सडकमै हातपात गर्दैगरेको दृश्य यो भिडियोमा छ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: