केन्द्रीय कारागारबाट मध्यराति कैदी भागेपछि डिएसपीसहितका प्रहरी कारबाहीमा

काठमाडौं– सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराती कैदी भागेपछि डिएसपी लगायत प्रहरी कारबाहीमा परेका छन्। सुरक्षामा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले केन्द्रीय कारागारमा कार्यरत डिएसपी नेत्रबन्धु शर्मासहितका प्रहरीलाई कारबाही गरेको हो।

गत मंसिर ४ गते कैदी पुन्न बहादुर शाही जेलको पर्खाल नाघेर भागेका थिए। हालसम्म उनी पक्राउ परेका छैनन्। घटनाको छानबिनका लागि गृह र महानगरीय प्रहरी कार्यालयले दुई समिति गठन गरेको थियो।

गृहले कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे तथा महानगरीय प्रहरी कार्यालयले एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। दुवै समितिले आफ्नो प्रतिवेदन बुझाइसकेका छन्।

महानिर्देशक घिमिरे संयोजकत्वको छानबिन समितिले गत साता गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा केन्द्रीय कारागारको सुरक्षामा तत्काल अपनाउनुपर्नै विषयमाहरुमा सुझाव दिइएको छ। ‘कैदी भाग्नुमा प्रहरी र प्रशासनको मिलेमतो नभई कमजोरी देखियो,’ महानिर्देशक घिमिरेले भने,‘कारागारको कमजोर भौतीक संरचनाको फाइदा उठाएर उनी भागेका थिए।’

पर्खाल चढेर भागे
केन्द्रीय कारागारको भद्रजेलमा रहदै आएका शाही रातको करिब साढे १ बजे भागेका थिए। प्रहरीकै ब्यारेकको छत हुँदै उनी दक्षिणतर्फको पर्खाल नाघेर भागेका थिए। भोलीपल्ट उनी नभेटिएपछि अनुसन्धान गर्दा मात्र उनी भागेको खुलेको हो।

डिएसपीलाई सचेत, तीन प्रहरी निलम्बित
प्रहरीको ब्यारेककै छत हुँदै कैदी भाग्दा पनि केही थाहा नपाउनु चरम लापरबाही भएको भन्दै महानगरीय प्रहरी कार्यालयले त्यतीबेला डिउटीमा रहेका तीन प्रहरीलाई निलम्बन गरेको छ। असई लगायत अन्य केही प्रहरीलाई विभागीय कारबाह िगरिएको छ, डिएसपी शर्मालाई पनि स्पष्टिकरण सोधेर सचेत गराइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
आन्तरीक प्रशासन ६ जना नाइकेलाई पनि निलम्बन गरिएको छ। रातको समयमा जेलको मुख्य गेटबाट उनी भाग्नुमा कतिपय कैदीहरुको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ।

पहिला पनि भागेका थिए शाही
जर्बजस्तीकरणी मुद्दामा जेल परेका शाही जेलबाट भागेका यो दोस्रो पटक हो। उनी ६ वर्षअघि सुर्खेतको कारागारबाट भागेका थिए। उनीसहित तीन कैदी सुरुङ खनेर भागेका थिए। २८ असार २०६८ मा उनी भागेका थिए। तीन वर्षपछि जुम्लाबाट प्रहरीले पक्राउ गरेको थियो। पछिल्लो समय केन्द्रीय कारागारमा थिए। केन्द्रीय काराबारबाट पनि उनी नाटकीय शैलीमा भाग्न सफल भएका हुन्। एक किशोरीलाई बलत्कार गरेको अभियोगमा २०६५ सालमा उनी पक्राउ परेका हुन्।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: