‘कोलान्जियोकार्सिनोमा’ कस्तो क्यान्सर हो?

कोलान्जियोकार्सिनोमा पित्त थैली, कलेजोको भित्र गएको पित्त बग्ने नली र बाहिरको नलीमा हुन सक्छ। पित्त थैली र पित्त बग्ने नलीको वरपर ट्युमर पलाउनुलाई ‘बाइल डक्ट क्यान्सर’ अर्थात् ‘कोलान्जियोकार्सिनोमा’ भनिन्छ।

कोलान्जियोकार्सिनोमा महिलाभन्दा पुरुषमा बढी देखिन्छ। खासगरी ५० देखि ७० वर्षका पुरुषलाई यसको जोखिम बढी हुने अनुसन्धानबाट खुलेको छ।

कुनै क्यान्सर हुनुअघि त्यस्ता खास लक्षण नदेखिने भएकाले धेरैमा यो फैलिसकेपछि मात्रै थाहा हुन्छ। कोलान्जियोकार्सिनोमा भएपछि जन्डिस हुने, पेट दुख्ने, ज्वरो आउने, तौल घट्ने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

यसको उपचार शल्यक्रिया गरी पित्त थैली हटाउनु हो। पित्तथैली कलेजोभन्दा ठीक तल र सानो आन्द्रासँग जोडिएको हुन्छ। कलेजोले उत्पादन गरेको पित्त पित्तनली हुँदै पित्तथैलीमा जम्मा भएको हुन्छ। पित्तले खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ।

पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुँदा सर्जरी गर्न सहज भने हुँदैन। किनभने पित्तनली कलेजोभित्रसम्म फैलिएको हुन्छ भने पित्तथैली आन्द्रासँग जोडिएको र कहिलेकाहीँ जेलिएको पनि हुन सक्छ। पित्त थैलीका साथै कहिलेकाहीँ कलेजोकै भाग हटाउने शल्यक्रिया गरेर यसको उपचार गरिन्छ।

सामान्यतया यसमा ट्युमर कहाँनेर पलाएको छ भनेरै भेट्न गाह्रो हुने भएकाले शल्यक्रिया चुनौतीपूर्ण पनि मानिन्छ। यसको उपचारका लागि केमो थेरापी र रेडिएसन भने त्यति प्रभावकारी मानिँदैन।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: