चर्चित नायक सविन श्रेष्ठले निर्माण गरेको फिल्म ‘हिरो रिटर्न्स’को प्रर्दशन मिति सार्वजनिक, रेखा थापाको छ दमदार अभिनय

काडमाडौँ । फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो । नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ आउनेछ ।निर्माता समेत रहेका लिड अभिनेता सविन श्रेष्ठले समाचारको पुष्टी गरेका छन् । यो फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।

‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो फिल्म रिलिज हुँदा आफ्नै डेब्यू फिल्मको ब्राण्डलाई जिवित राख्ने कोशिशमा हुनेछिन् । अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार फिल्ममा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ ।’हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली फिल्म हेर्दै आउनुभएका सबै दर्शक लक्षित फिल्म बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायाँकनमा गएका हौँ’ सविनले भने । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । फिल्मको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ । लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा फिल्म स्कृनिङ हुने सविनले बताए ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: