चुनावी मैदानमा अथक योद्धा

मुलुक अहिले निर्वाचनको माहोलमा र चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ । स्थानिय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि प्रदेश र प्रतिनिधी सभाको सदस्य चुन्नका लागि हुन लागेको यो निर्वाचन धेरै अर्थमा महत्वपुर्ण छ । मुलुकले नयाँ संविधान पाइसकेको अवस्थामा अब निर्वा्चित हुने जनप्रतिनीधीहरुको मुख्य एजेन्डा बिकाश र समृद्धि नै हुनेछ भन्नेमा दुइमत छैन् । तसर्थ, अब हामीले चुन्ने व्यक्तिहरुको काँधमा मुलुकको बिकाश र समृद्धिको अभिभारा हुनेछ । यस अर्थमा हामीले आफ्नो मतको पुर्ण सदुपयोग गरी सामाजिक, आर्थिक, सांस्कृतिक बिकाशको अभिभारा सहर्ष निर्वाह गर्न सक्ने व्यक्तिलाई नै जिम्मेवारी दिनुपर्ने हुन्छ ।

संघीय गणतन्त्र नेपालको पहिलो आम निर्वाचनका लागि मुलुकभरमा सबै दलहरुले प्रतिनिधि सभा सदस्यका र प्रदेश सभा सदस्यका आ–आफ्ना उम्मेद्वारहरु चयन गरीसकेर उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । तिनै उम्मेद्वारमध्ये एक हुन प्रदिप यादव । यादवले अहिले मधेस आन्दोलनको ईपिसेन्टर पर्सा जिल्लाको क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको लागि फोरम–राजपा गठबनधनबाट उम्मेद्वारी दिएका छन् । संघिय समाजवादी फोरम, नेपालका एक खम्बा मानिने यादव, पार्टीभित्र मात्र होइन अहिले समग्र मधेस मै आशाका केन्द्र मानिन्छन् । उनको प्रतिष्पर्धा पुर्व सभासदद्वय विचारी यादव (वाम गठवन्धन) र अनिल रुगँटा (नेपाली कांग्रेस) सँग छ । यसअघि पनि दोश्रो संवीधानसभामा पर्साको तत्कालिन क्षेत्र नम्वर २ बाट संवीधान सभा सदस्यमा उम्मेद्वारी दिएका यादव झिनो मतले पराजित भएका थिए । यसका बावजुद यादव अहोरात्र जनताको सेवामा खटिएका थिए ।

मधेस आन्दोलनबाट राजनीतिक उचाईमा पुगेका यादव पर्सा जिल्ला तथा वीरगन्ज क्षेत्रमा एक शक्तिशाली राजनितीक व्यक्तित्वको रुपमा चिनिन्छन् । जनताको सेवा र जिल्लाको बिकासका कार्यमा कहिल्यै पछि नहट्ने स्वभावका कारण यादवले बेग्लै राजनितीक पहिचान बनाइसकेका छन् । प्रदिव यादवको लोकप्रियताको मुल्यांकन गर्नका लागि स्थानिय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर चयनका लागि भएको चुनावलाई सम्झिए मात्र पनि पुग्छ । यादवले समाज र जनताका लागि अहोरात्र गरेको मेहनत स्वरुप समाजवादी फोरम नेपालले वीरगन्ज महानगरसहित पर्सा १४ स्थानीय तहमा सर्वाधिक ठाउँमा सफलता लिन सक्यो ।

पछिल्लो समय समाजवादी फोरम प्रवेस गर्नेहरुको संख्याले पनि प्रदिप यादवको राजनितीक लगावलाई पुष्टि गर्छ । सिधा शव्दमा भन्नुपर्दा प्रदिप यादव एक जननेताको रुपमा स्थापित भएका छन् । सबैले बिस्वास गर्न सक्ने नेताको रुपमा उदाएका छन् ।  निर्वाचनमा पराजित भएपनि र कुनै पदमा नरहीकन पनि अहोरात्र जनहितका लागि खटीएका व्यक्ति जिल्लामा प्रदिप यादव मात्र हुन भन्नेमा कुनै शंका छैन् । त्यसमाथि मधेसी समुदायको हित र अधिकारका लागि मधेस आन्दोलनमा आफ्नो ज्यानको प्रवाह नगरी लडेका मधेसी योद्धा हुन यादव । यिनै जनसेवक यतिबेला मसाल छाप लिएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तो अवस्थामा पर्सेली जनताले उनलाई साथ दिनु आवश्यक छ । आफ्नो अमुल्य मत प्रदिप यादवलाई दिनु आवश्यक छ । किनभने प्रदिप यादवको जित केवल उनको जित हुने छैन्, सारा विकाशप्रेमी पर्सेली जनताको जित हुनेछ, प्रदिप यादवले आफ्ना जनतामाथि गरेको आस्थाको जित हुनेछ ।

पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनले उठान गरेको आन्दोलनका न्यायसंगत मागहरु पुरा नहोस भनेर प्रमुख भनिएका दलहरुको ध्येय देखिन्छ । त्यसलाई चिर्दै संबिधानलाई बिभेदरहित बनाउन हामी यतिखेर निर्वाचनमा होमिनु परेको हो । अधिकार प्राप्तिको ऐतिहासिक अवरसर निर्वाचनमा हाम्रो भागिदारीको रुपमा प्राप्त भएको छ । नयाँ संविधानलाई बिभेदरहीत र सर्वस्विकार्य बनाउने मुद्दा अझै थाती छ । शासन, प्रसाशन र विकासमा किनाराकृत गरिएका जनता र क्षेत्रको पक्षमा सशक्त रुपमा भुमिका गर्न फोरम–राजपाका प्रतिनिधीहरुको बहुमत उपस्थिती केन्द्रीय सँसद र प्रादेशिक सदनमा हुनुपर्ने आजको ऐतिहासिक आवश्यक्ता हो ।  प्रदीप यादव जस्ता अथक योद्धा र फोरम–राजपाका गठबन्धनका उम्मेदवारलाई अत्याधीक बहुमतसाँथ निर्वाचित गर्न न्यायप्रेमी जनतामा सादर अनुरोध छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: