नेपाल इन्भेस्टमेन्ट बैंकले पेपलबाट विप्रेषण सेवा सुरु गर्‍यो

अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने 

नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ । सो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बंैकले जनाएको छ । पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ ।

छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ । यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेञ्जसँग पनि सम्झौता गरेको थियो ।रासस

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: