प्राय गरेर बिदेसमा कामगर्ने हाम्रा दाजुभाइ दिदिबैनिहरु राति सकुसल सुतेको मान्छे बिहान मृत भेटिने समस्या के हो ? यो समस्याबाट बच्ने उपायहरु सक्दो सेयर गरौ !

आजकाल सकुसल सुतेका मानिस मृत भेटिने खबर धेरै सुन्न र पढ्न पाइन्छ । आखिर के हो त यो समस्या ? चिकित्सकका अनुसार यस्तो अवस्था आउने धेरै कारण मध्ये श्वासप्रश्वास मुख्य हो । यसलाई चिकित्सकीय भाषामा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्ने गरिन्छ । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण पनि सकुसल सुतेका धेरै व्यक्ति मृत भेटिने गरेको चिकित्सकको भनाइ छ । सुतेको बेला ठूलो आवाजसहित लगातार घुर्नु, समय–समयमा श्वास रोकिएको महसुस हुनु, निन्द्रामा छटपटिनु, निस्सासिनु, श्वास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु र पटक–पटक शौचालय जानुपर्ने अवस्था आउनु पनि यसका लक्षण हुन । सुत्नेक्रममा श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने र जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँदा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात पनि हुन्सक्ने चिकित्सकहरु बताउँछन् ।

कस्ता मान्छेलाई हुनसक्छ ?
१ मोटोपना भएका ः
२ धूम्रपान र मद्यपान गर्ने
३ घाँटीको लम्बाइ छोटो भएका
४ नमिलेका दाँत र तलको चिउँडो सानो भएका
५ मुटु र किड्नीका बिरामी

अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपाय
१. तौल सन्तुलित राख्ने
२. नियमित व्यायम गर्ने
३. सुत्ने कोठामा टिभि नराख्ने
४. सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने
५. खाना खाने बित्तिक्कै नसुत्ने
६. सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने
७. उत्तानो परेर नसुत्ने
८. देब्रे र दाहिने कोल्टे परेर सुत्ने
८. धुम्रपान र मद्यपान नगर्ने

अब्स्ट्रक्टिभ स्लिप एप्निया भएनभएको पत्ता लगाउँन एप्निया हाइपोनिया इन्डेक्स– एएचआई जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा श्वासनली कति पटक कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ । उल्लेखीत समस्या भएकाहरुले समयमै एएचआई जाँच गराउँनु पर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: