बाँझिएको काँसघारी बन्यो काउलीबारी, अर्ग्यानिक तरकारी उत्पादन गरी मालामाल

काँकडभिट्टा, पुस ७ । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्ग्यानिक कृषि फार्म शुरु गरेका छन् ।

युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।

‘हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्,’ फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, ‘सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने योजना छ ।’

आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले रु २२ लाखको लागतमा यसैवर्षदेखि फार्म शुरु गरेको हो ।

अनुत्पादक कासघारीका रुपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरुले तरकारी उत्पादन गरेका हुन् । उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताउँछन् ।

फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ । छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उनले बताए ।

फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन् । उनीहरुले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताए । उनी भन्छन्, ‘बजारको समस्या छैन ।’

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: