मलेसियामा कार्यरत एक नेपालीमाथिको मुद्दा असत्य साबित, नेपाल सरकारको खर्चमा स्वदेश फर्किए

काठमाडौं । मलेसियामा सुरक्षाकर्मीकारुपमा कार्यरत् इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।

त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसियामा लागुऔषध मुद्दामा मृत्युदन्ड हुने कानुनी प्रावधान छ ।

नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानुन व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उनी बुधबार नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । बुधबारै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् । विगत दुई वर्षदेखि उनी मलेसियाको घरफिर्ती केन्द्रमा बिनारोजगारी बस्न बाध्य भएका थिए

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: