‘रोटरी लिटरेसी मिसन नेपाल’ अन्तर्गत रुपन्देहीमा अढाई हजार विद्यार्थीको निशुल्क मुख तथा दन्त परीक्षण

२२ माघ बुटवल । रुपन्देहीका विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत अढाई हजार बढी विद्यार्थीको निशुल्क रुपमा मुख तथा दन्त परीक्षण गरिएको छ । शिविरमा अरु ५६ जना सर्वसाधारले पनि मुख तथा दन्त परीक्षण गराएका छन् । ‘रोटरी लिटरेसी मिसन नेपाल’ अन्तरर्गत रोटरी क्लव अफ काठमाडौँ नर्थ र बीएम फाउन्डेशन काठमाडौँको सहयोग तथा कान्तिपुर डेन्टल सेन्टर भलवारी शाखाको आयोजनामा भएको उक्त शिविरलाई कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर काठमाडौँले प्राविधिक सहयोग पुरयाएको थियो । गत १० माघ देखि २० माघसम्म चलेको उक्त शिविरमा विभिन्न स्कुलका २ हजार ५८८ जना विद्यार्थीको मुख तथा दन्त परीक्षण गरिएको थियो । सोही अवसरमा अरु ५६ जना सर्वसाधारणले समेत मुख तथा दन्त परीक्षण गराएका थिए ।
शिविरमा नेतृत्व गरेकी डा निक्की सिंहका अनुसार सेन्ट जोसेफ इग्लिस स्कुल, सेन्ट जोसेफ कलेज, लिटिल प्याराडाइज इग्लिस स्कुल, सञ्जीवनी शिक्षा सदन, अरनिको ईग्लिस स्कुल तथा तिलोत्तमा १७ बरबालियामा शिविर राखिएको थियो । शिविरमा चिकित्सकहरुले मुख तथा दन्त परीक्षणसंगै सहभागीलाई सचेतना कक्षा समेत लिएका थिए ।परीक्षणका क्रममा धेरैजसो दाँतमा किरा लाग्ने समस्या, गिजा दुख्ने समस्या, दाँत बांगोटिंगो हुने समस्या देखिएको थियो । कसै कसैमा मुखमा घाउ खटिरा समेत देखिएको थियो । शिविरमा डा सिंहका अलावा कान्तिपुरबाट डा दिपीका शर्मा र डा सजिता श्रेष्ठका डेन्टल हाइजिस्टहरु नमुना खड्का, सुजाता पन्त, पासांङ माया शेर्पा, सुस्मिता सेडाईँ, सुप्रिया पाण्डे र ममता तिवारी खटिएका थिए । त्यस्तै शिविर व्यवस्थापनमा भलवारी शाखाबाट सर्मिला श्रेष्ठ थापा र प्रेम थापा खटिएका थिए ।
रोटरी लिटरेसी मिसन अन्तरगर्त कान्तिपुरले यसबर्ष काठमाडौँ भक्तपुर ललितपुर रुपन्देही, स्याङजा र कास्कीका गरी १०० वटा स्कुलमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने योजना रहेको छ । सोही अनुसार रुपन्देहीमा शिविरको आयोजना गरिएको हो । अहिलेसम्म करीब ६० वटा स्कुलमा यो अभियान सम्पन्न भइसकेको छ ।
Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: