लालुलाई जेलमा पनि भिआइपी सुविधा : टिभीदेखि घरको खानासम्म

मुम्बई । चारा घोटालामा दोषी ठहर गरिएका लालु प्रसाद यादवलाई राँचीस्थित विर्सा मुन्डा जेलमा पठाइएको छ । जेलमा रहेका स्रोतका अनुसार लालुलाई अप्पर डिभिजन सेलमा राखिनेछ, सन् २०१३ मा हिरासतमा लिइँदा उनलाई यहाँ नै राखिएको थियो ।

उनले त्यहाँ ७७ दिन बिताएका थिए । पछि उनले सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।

अप्पर डिभिजन सेलमा उनलाई एउटा लामखुट्टेको झुल, दैनिक एउटा पत्रिका, एउटा टेलिभिजनको व्यवस्था गरिएको थियो । स्रोतका अनुसार उनलाई घरबाट बनेको खाना पनि खान दिइने छ भने उनले चाहे जेलमा आफै पकाउने सुविधा पनि दिइनेछ । सन् २०१४ मा मुटुको शल्यक्रिया गरेका पूर्व रेलमन्त्रीले धेरै खानेकुरा बार्नुपर्ने हुन्छ ।

राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्रीले जेलमा पनि भिआइपी सुविधा पाउनेछन् । जेल अधिकारीका अनुसार अन्य कैदीलाई पनि उनलाई भेट्न दिइनेछैन ।

राष्ट्रिय जनताका नेताहरुले लालुलाई जेलको मुख्य द्वारसम्म छाड्न पुगेका थिए ।

लालु यादवलाई सीबीआईको विशेष अदालतले चारा घोटालामा ८५ लाख भारतीय रुपमा भ्रष्टाचार गरेको मामिलामा दोषी करार गरेको छ । सन् १९९१ देखि १९९४ को बीच्मा उनले यो भ्रष्टाचार गरेका थिए । हाल उनी हिरासतमा रहेका छन् । यसबारे तीन जनवरीमा सजाय सुनाइने बताइएको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: