लिगार्ड चम्कँदा म्यानचेस्टर युनाइटेड हारबाट जोगियो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा युनाइटेड बर्नलीसँग २ – २ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले दुई गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो । बक्सिङ डेमा युनाइटेडलाई हारबाट जोगाउन नायक बने सब्सीच्युड खेलाडी जेसे लिगार्ड । दुवै गोल लिगार्डले गरेका थिए । त्यसअघि बर्नलीका लागि एस्ले बर्नेस र स्टेभेन डेफोरले गोल गरेका थिए ।

ओल्ड ट्राफोर्डमा घरेलु टोलीले बल पोजिसनमा पकड जमाएपनि खेलको तेस्रो मिनेटमा नै बर्नेसको गोलबाट बर्नलीले सुरुवाती अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा स्टेभेनले गोल गरेपछि बर्नलीले पहिलो हाफमा २ – ० को अग्रता बनायो ।

पहिलो हाफमा २ – ० ले पछि परेको युनाइटेड दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलको ५३ औं मिनेटमा युनाइटेडका सब्सीच्युड खेलाडी लिगार्डले गोल गर्दै खेल २ – १ मा ल्याए । लिगार्ड खेलको ४६ औं मिनेटमा ज्लाटन इब्राहिमोबीचको स्थानमा मैदान पसेका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा लिगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि दोस्रो स्थानको युनाइटेडले लिग लिडर म्यानचेस्टर सिटीसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । बराबरीपछि युनाइटेडले ४३ अंक जोडेको छ । युनाइटेड एक खेल कम खेलेको सिटीभन्दा १२ अंकले पछि छ । लिगको सातौं स्थानको बर्नलीको ३३ अंक छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: