वामदेवले पार्टी बैठकमा अन्तरघातीको नामलिष्ट बुझाए पछी एमालेमा खैलाबैला, अब के होला ?

काठमाडाैँ ।

एमाले उपाध्यक्ष वामदेव गौतमकै निजी निवासमा बसेको बैठकमा उपाध्यक्ष बामदेव गौतमको पराजयको कारणसमेत खोजिएको थियो । बर्दिया १ मा वामदेवको पराजय अनपेक्षित रहेको नेताहरुले बताएका थिए ।

स्रोतका अनुसार बैठकमा गौतमले आफू हार्नुका पछाडि धेरै कारण रहेको भन्दै पार्टीभित्रकै अन्तर्घात, माओवादी कार्यकर्ता बिक्री हुनु र केही आफ्नै कमजोरी पनि सहायक रहेको बताएका थिए ।

गौतमले आफूलाई हराउन लाग्ने केही नेताहरुको नामै लिएर बैठकमा जानकारी गराएको स्रोतले बतायो ।

गौतमले आफूलाई हराउन सोही क्षेत्रबाट उपचुनाव जितेका पूर्वसांसद श्याम ढकाल, आफूविरुद्ध बागी उम्मेदवार उठेर पछि फिर्ता लिएका खड्ग खड्का र दामोदर अर्याल लगायत ८ जनाको नाम लिएको र बुझाएपछी खैलाबैला भएको एक नेताले बताए ।

गौतमले माओवादीका जिल्लास्तरीय नेतादेखि गाउँसम्मका कार्यकर्ताहरु कांग्रेसको पैसामा बिकेको सुनाएका थिए ।

बिगतमा बर्दिया १ छाडेर प्युठान रोज्नु र पछि प्युठान छाडेर बर्दिया फर्किनु पनि कमजोरी रहेको बैठकमा कुरा उठेको थियो । गौतमले चुनावमा उम्मेदवारी दर्तादेखि नै आफूविरुद्ध षडयन्त्र भइरहेको थाहा पाउँदा पनि अन्तर्घात रोक्न नसकेको बैठकमा बताए ।

एमालेले वामदेव गौतमको पराजयको कारण छानविन गर्न दुईवटा समिति बनाइसकेको छ । ५ नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय कमिटी गठन गरेका छन् भने जिल्लामा जिल्ला अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अर्को कमिटी बनेको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: