शैक्षिक भ्रमण बन्यो व्यवहारिक सिकाई र यसको कार्यान्वयन मार्गदर्शक।

लक्ष्मण टण्डन

एम.वि.ए विद्यार्थी

लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल

म त्यो दिन साह्रै खुसि थिए जुन दिन सेकेन्ड सेमेष्टरको परिक्षा समात्ति सँगै भोलीपल्टको सौराष्ट्र युनिभर्सिर्टि गुजरातको शैक्षिक भ्रमण । मन खुसि थियो तर गए रातको अवेर सम्मका पढाईले खाना खाए लगत्तै निदाएछु । थाहा छ, निदाउनु अघि रेल यात्रा, साथिहरु सँगको रमाईलो नयाँ ठाउँको भ्रमण तथा अनुभवहरुको संकलन गर्ने उद्देश्यका साथ कल्पनामा डुवेको र पहिलो निन्द्रामै साथीहरु सँग रमाइलो गर्दै रेलको झ्याल समाउँदै यात्रा गरेको युनिभर्सिटी वरीपरी घुमेको देखेछु । व्युझिदाँ त करिब ११ बज्न आँटेको रहेछ र फेरी पनी मिठा कल्पनाहरु सँगै निदाएछु । व्युझिदा विहानको ३ बजेको रहेछ । अव निन्द्रा लाग्ने मेसो थिएन । भ्रमणका बारेमा मनोवादहरु सँगै अव सुनौली वोर्डर पुग्नको लागी बाँकी समयको गणना गरे किनक मैले बोर्डर तस्विरमा बाहेक न देखेको न टेकेको थिए । विहानको चिया नास्ता सँगै आवश्यक सामान प्याकिङ्ग गरेर करिव १० बजेतिर क्याम्पस तर्फ लागे ।

१२ः३० मा क्याम्पसमा पुगे र आधा घण्टा पछि आदणिर गुरुहरु प्रा. डा. ईश्वर गौतम –क्याम्पस प्रमुख) र प्रा.डा.तारा प्रसाद उपाध्याय –एम.वि.ए. कार्यक्रम निर्देशक) सँगै गुजरातको लागी क्याम्पस प्राङ्गढा बाट नै यात्रा आरम्भ भयो । सुनौली बोर्डर देखी उत्तर प्रदेश लेखेको बसमा गोरखपु सम्मको यात्राका लागि बसियो र नौतुनाको रेल हेर्न उत्सुक थिए तर देखिएन । त्यहाँको भौगोलीक जैविक धार्मिक साँस्कृतिक सामाजिक आदिको विविधता हेर्ने अवसर मिल्यो र गोरखपुर नजिकै पुग्दा एउटा रेल देखे मलाई कति बेला चढौँ भयो ।

रेलको आगमन ढिलाईका कारण केहीबेर गोरखपुर स्टेशन बसाईमा मलाई त्यहाँको व्यावस्थापन प्रणालीको उत्सुक भए र आफुले सैद्धान्तिक रुपमा अध्यायन गरेका व्यवस्थापनका कार्य एवं सिद्धान्तहरु, अपरेशन, मानव संसाधन, सुचना प्रविधि आदि कार्यन्वयनको बारेमा प्रत्यक्ष अनुभव गर्ने थप अवसर मिल्यो । रेल आयो, भित्र प्रवेश गरियो र रात परिसकेको हुनाले सवैभन्दा माथिको सिटमा चढे त्यहाँ मलाई त के–को रेल, प्लेनमा चढेझैँ भो र पर्ख–पर्ख मायालु भन्ने गित सुन्दै निदाएक्षु । अर्को दिन ७ गते सवेरै उठेर रेलमा यताउता गरे र मलाई अपरेशन म्यानेजमेन्टमा पढेका छक त्त्तः, क्ष्ह क्ष्नmब, क्गउउथि ऋजबष्ल आदि कुराहरु स्पष्ट रुपमा कार्यन्वयन भएको पाए । रेलमा साथी सँगको रमाईलो सँगै ४२ घण्टाको रेलको यात्रा थाहै भएन र ८ गते बेलुका राजकोटको स्टेशन देखि युनिभर्सिटिको बसमा चढी युनिभर्सिटीको गेष्ट हाउसमा पुगियो । हाम्रो लागी खाना तयार थियो जस्को नाम त के गणना गर्न पनि सिकिएन र मिठो स्वादका साथै चौरासी व्याञ्जन खाए सरह भयो तर त्यहाँको सवै परीकारहरुमा गुलियोको स्वाद पाईयो । खाना खाएपछि युनिभर्सिटीकै प्रमुखको नेतृत्वमा ईभिनिङ्ग वाक गरियो । स्वच्छ, सफा तथा व्यवस्थित बाटो हराभरा बगैँचाहरु त्था फुलहरुको वास्ना चाईल्ड केयर तथा यसको व्यावस्थापन फन पार्कहरु अमर व्याक्क्तीत्वहरुको शालिक, सरस्वती माताको मन्दिर आदी कुराहरुले मलाई धर्तिमै स्वर्गको आभाष भयो । विभिन्न डिपार्टमेन्हरुको अवलोकन, अत्याधुनिक लाईव्रेरी तथा अन्य भौतिक व्यावस्थापनले आधुनिक युगमा व्यावस्थापन शिक्षाको आवश्यकता तथा कार्यान्वयनको विषयलाई स्पष्ट पारिदियो र हाम्रो संस्थाहरुमा कसरी अनुकरण गर्न सकिन्छ भन्ने कुराको मार्गदर्शन ग¥यौ ।

अर्को दिन ९ गते चिया नास्ता सँगै एम.वि.ए विभागका त्यो पनि फाईनान्स प्रध्यापकहरुको छोटो कुराकानी बाट भारतीय अर्थतन्त्र वित्तिय प्रणली तथा व्यवस्थापन लगानी जोखिम व्यवस्थापन शेयर बजार आदिको बारेमा केही कुरा जान्ने मौका मिल्यो । हाम्रो पुर्व कार्ययोजना अनुरुप लुम्बिनी बाणिज्य क्याम्पस र सौराष्ट्र युर्निभसिटी एम ओ यु मा हस्ताक्षर गर्ने कार्यक्रम र एम.वि.ए विधार्थीहरु विचको अन्तरक्रिया रह्यो । जसबाट हामीले त्यहाँको शिक्षण सिकाई क्रियाकलाप, कक्षाकोठा व्यावस्थापन विषयगत क्रियाकलापहरु, खोज तथा अनुसन्धान कार्यक्रमहरु त्था अन्य विषयवस्तुहरुको पनी थप जानकारी भयो । हाम्रो कलेजको तर्फ बाट नेपाललाई अन्तराष्ट्रिय जगत्मा कसरी चिनाउन सकिन्छ भन्ने कुराहरुलाई समावेश गरी एउटा छोटो प्रस्तुतिकरण दिईयो जस्ले नेपालको भौगोलीक आर्थीक, सामाजीक–साँस्कृतीक, धार्मिक, पर्यटन साथै लुम्बिनी बाणिज्य क्याम्पसको बारेमा पनी केही कुरा उल्लेख गरेको थियो । विहानको खानापछि नजीकै रेहेको प्राईभेट कलेज हरीबन्धनाको अवलोकन ग¥यौँ जसबाट हामीले केही नयाँ कुराहरु जुल कलेजमा पनी लागु गर्न कुराहरु सिक्यौँ । त्यसपछि गुजरात स्थित राजकोट बजार तथा व्यापरीक गतिविधिहरुको अवलोकन गरियो जस्ले त्यहाँको मार्केट, मार्केटिङ्ग रणनिति, पोलिसी, बजार खण्डीकरण तथा ई–कमर्सको बारेमा प्रतक्ष्य अनुभव गर्ने अवसर मिल्यो । बेलुकाको खाना सँगै युनिभर्सिटिका गुरुहरु सँगै युनिभर्सिटिको लक्ष्य, उद्देश्य, कार्यक्रमहरु त्था भावि कार्ययोजना आदिको बारेमा छलफल भयो जुन हाम्रा् डिन युनिभर्सिटिको लागी मार्गदर्शक बन्यो ।

अर्को दिन (१०) गते सवेरै हामि ई.डि.आई.आई तिर लाग्यौँ जहाँ प्रतिस्प्रर्धि युगमा कसरी एउटा सफल उद्यमी बन्ने, त्यसका मुख्य कारक तत्वहरु, ध्यान दिनुपर्ने विषयबस्तु, अध्ययन अनुसन्धानको महत्व तथा आईटीको प्रयोग आदी कुराहरुको बारेमा स्पष्ट ज्ञान प्राप्त भयो । ईडिआईआई को भौतिक सुचना प्रविधि तथा अन्य व्यावस्थापनका पक्षहरु साथै खोज तथा अनुसन्धानका कार्यहरु र यसका प्रतक्ष्य अप्रतक्ष्य फाईदाहरु र उक्त विषयवस्तुहरु हाम्रो कलेजमा पनी लागु गर्न सकिने कार्यान्वयन विधिको पनी जानकारी भयो । फेरी हामी अहमदावाद म्यानेजमेन्ट एसोसिएसन को एउटा छोटो अन्तरक्रिया कार्यक्रममा सहभागी भयौँ । जहाँ हामीले ए.एम.एको भवन, पुस्तकालय, बगैचा, चमेनागृह, आदीको अवलोकन ग¥यौ र त्यहाँको व्यवस्थापन लगायत अन्य कुराबाट प्रभावित भयौँ । न्युनतम शुल्कमा कसरी गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुराको जानकारी पायौँ र साथ साथै कसरी विधार्थीको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न सकिदो रहेछ भन्ने कुराको ज्ञान भयो । त्यसपछि भोलीपल्ट (११) गते सोमनाथ बाबाको दर्शनको लागी रात्रीयात्रा शुरु भयो र अर्कोदिन विहान मन्दिरकै आश्रममा स्नान गरि मेरा दुई मित्रको मार्गदर्शनमा पुजा गरि समुन्द्रमा फोटो लिईयो र सोमनाथको धार्मिक तथा ऐतिहासिक पक्षको बारेमा जानकारी भयो साथै आन्तरी तथा बाह्य पर्यटन र आर्थीक क्रियाकलापको अवस्थालाई नजिकबाट विश्लेशण गर्ने अवसर मिल्यो । त्यसपछि फेरी द्वारकानाथ दर्शनको लागी यात्रा आरभ्म भयो र एक ठाऊँमा हामी ओर्लियाँै र समुन्द्रको किनारमा गई उँट तथा घोडामा चढि यात्रा ग¥यौँ र समुन्द्रको छाल सँगै फोटो तथा मनोरञ्जन लिने त कुरै नगराँै । त्यसदिन बेलुका द्वारकानाथ बजारमा एक होटलमा बस्यौँ । उक्त होटलको एम.डि. सँग कुराकानी गर्दै गर्दा द्वारकानाथको ऐतिहाँसीक तथा धार्मीक महत्व तथा विश्वास पर्यटन उद्योगको विकास तथा सम्भावना रोजगारीका अवसरहरु, व्यापार–व्यावसायको विकास तथा विस्तार, आर्थिक, सामाजीक तथा साँस्कृतिक आदीका बारेमा केही कुराहरु जान्ने मौका मिल्यो । त्यसका साथसाथै होटलको अपरेशन तथा म्यानेजमेन्ट सिष्टमको बारेमा पनि जानकारी पायौँ ।

अर्कोदिन (१२) गते विहान स्नान गरि द्वारकानाथको दर्शनका लागी मन्दिरतिर लागीयो त्यहाँको पुजा गर्ने समय व्यवस्थापन, फुल तथा प्रसादको व्यवसाय एवं व्यापार, धार्मिक तथा साँस्कृतिक महत्व झल्काउने तस्विरहरुको कारोबार साथै अन्य चिजहरुको कारोबारले धार्मिक पक्ष, पर्यटन र आर्थिक पक्षको त्रिकोणीय सम्बन्ध विश्लेषण गर्न मद्दत ग¥यौँ । सोही दिन खाना पछि करिव १ बजेतिर हाम्रो नेपालको यात्रा शुरु भयो । रेलका नयाँ साथीहरु सँगको कुराकानीले पनि केही कुराहरु सिक्न मद्दत गरेका थियो । फर्कदा गुरुहरु सँग विभिन्न पक्ष जस्तै शैक्षिक, आर्थिक, सामाजीक, साँस्कृतीक, ऐतिहासीक एवं पुरातात्वीक विषयमा कुराकानी गर्दा धेरै विषयबस्तुको बास्तविकता थाहा पाउने अवसर मिल्यो । उहाँहरुको व्याक्तिगत अनुभव एवं सघर्षका घटनाक्रमहरुले भविष्यमा सफल व्याक्तित्व विकास निर्माणका लागी आधारहरु प्राप्त भयो । फेरी पनि करिव दुई दिनको रेल यात्रा सँगै १४ गते विहान बुटवल आईपुग्यौँ । यसरी शैक्षिक भ्रमण केवल मनोरञ्जन मात्र नभई यसले विधार्थीको सर्वाङ्गिण विकासमा मद्दत पु¥याउन सार्थक बन्यो ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: