हनिमुन सकेर फर्केका विराट–अनुष्का दिनभर घरबाहिर निस्केनन्, गेटमा कुर्नेहरु जिल्लिए

दिल्ली। एक हप्ताको हनिमुन सकेर फर्केका भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड हिरोइन अनुष्का शर्माको जोडी घरबाहिरै ननिस्किएपछि गेटमा कुर्ने मिडियासहित सबै जिल्लिएका छन् । हनिमुन सकेर उनीहरु हिजो बिहान दिल्ली फर्केका थिए । लगत्तै दिल्ली नजिकै गुडगाँवमा भएको घरमा गएका उनीहरु हिजो दिनभर घरबाहिरै निस्किएनन् ।

हिजो बिहान उनीहरु फर्केको थाहा पाएपछि उनीहरुको घरबाहिर भीड लागेको थियो । पारिवारिक सूत्रका अनुसार विराटकी आमा बहिनी दाजु भाउजु पनि यही घरमा छन् । तर हिजो दिनभर उनीहरु कोही पनि देखिएनन् । उनीहरु रातीको यात्रापछि बिहान ५ बजे गुडगाँव पुगेका थिए । कोहली दिल्ली मिडियाबाट बच्नको लागि यहाँ बसेको बताइएको छ ।

बिहेपछि उनीहरु डिसेम्बर १३ का दिन हनिमुनका लागि निस्केका थिए । उनीहरुको पहिलो रिसेप्सन पार्टी पर्सी २१ डिसेम्बरका दिन दिल्लीमा हुनेछ । दोस्रो रिसेप्सन २६ डिसेम्बरमा मुम्बइमा हुनेछ । पहिलो रिसेप्सन आफन्तहरुको लागि र दोस्रो रिसेप्सन बलिउड हस्ती र क्रिकेटरहरुको लागि आयोजना गरिएको बताइएको छ । उनीहरुले डिसेम्बर ११ का दिन इटलीको रोममा गुपचुप तरिकाले बिहे गरेका थिए । यो बिहेमा उनीहरुका परिवारका सदस्य मात्र उपस्थित थिए । त्यही दिन साँझ दुवैले ट्वीटरमार्फत बिहेको कुरा सार्वजनिक गरेका थिए ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: