हिमाल देखि समुन्द्र सम्मः यात्रा संस्मरण

सन्दिप पौडेल
एम.वि.ए विद्यार्थी
लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल

चैत ४ गतेसम्मको लामो फाईनल परिक्षाको थकाईलाई मेटाउन नपाउँदै ५ गते बाट नै गुजरातको लागी हाम्रो यात्र करिव १ महिना अगावै तय भएको थियो । विद्यार्थीहरुको सर्वार्णिड विकासको लागी र अन्तराष्ट्रिय शैक्षिक प्रणालीको जानकारी दिने उद्देश्यले लुम्विनी वाणिज्य क्याम्पस बुटवलले ःद्यब् का विद्यार्थीहरुको लागी भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको जन्मस्थान गुजरात सम्मको शैक्षिक भ्रमणको आयोजना गरेको थियो । भ्रमणमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका एम.वि.ए डाईरेक्टर प्रो. डा. तारा प्रसाद उपाध्याय र क्याम्पस प्रमुख प्रो. डा. ईश्वर गौतम सहित एम.वि.ए का ३१ जना विद्यार्थी सहित जम्मा ३३ जनाको सहभागीता थियो ।

 

५ गते रातको १०ः२० बजेको रेलको टिकट कन्फर्म भएकोले हाम्रो टोली दिउसोको करिव १ बजेतिर बुटवलबाट बसमा यात्रा आरम्भ ग¥यो । भैरहवा सम्म विद्यार्थीहरु उठाउँदै उठाउँदै जाँदा करिव २ः३० बजे हामी सुनौलीमा पुगियो । सुनौलीबाट बस चढेर गोरखपुरतिरको यात्रा तय भयो । टोलीमा धेरैजसो विद्यार्थीहरु भारतको पहिलो पटक भ्रमण गर्ने थियौँ र कतिपय पहिलो पटक रेलको यात्रा गर्न पाउने भयौँ भनेर उत्साहीत पनि थियाँै । बसमा रमाईलो गर्दै हामीहरु करिव ७ बजेतिर गोरखपुर रेल्वे स्टेसनमा पुगीयो ।

रेल्वे स्टेसनमा पुगिसकेपछि हामीहरु सवैवेटिङ रुममा व्यागहरु राखी पहिलो रेलअनुभवलाई कुर्दाै गर्दा केही साथीहरु ईन्डियन सिमहरु किन्न बाहिर निस्कियौ । सिम किनेर घरतिर खवर गरिसकेपछि खाना खान होटल तिर प्रस्थान गरियो । होटलमा कामगर्ने एकजना नेपालीनै रहेछन् । हामीलाई केही सहज महसुस भयो नेपाली भेट्न पाउँदा । खाना खाईसकेपछि हामी स्टेसन फर्कियौँ । स्टेसनमा आईपुगेपछि थाहा भयो टे«न डिले छ भन्ने । कुर्ने बाहेक अरु उपाय पनि थिएन हामीहरु सँग । पहिले रेलको यात्रा गरिसकेका केही साथीहरु आफ्नो अनुभव सुनाउँदै थिए । कोही झोलामा टाउको अड्याएर निदाउन थालीसकेका थिए । कोही सेल्फि खिचेर फेसबुकमा पोस्टाउँदै थिए ।

स्टेसनमा बसेर आधा केजी मच्छर मारिसक्दा पनि टे«नको कुनै अत्तोपत्तो थिएन । ६ गते साथी गौरवको वर्थडे परेको हुनाले १२ बजे मनाउने हामीले तयारी गरिरहेका थियौँ । लड्डुको केक बनाएर मनाएको बर्थडे ले हाम्रो यात्रालाई अविस्मरणीय बनाउन अझै टेवा ग¥यो । ४ घण्टा ढिलो गरेर करिव २ बजे तिर स्टेसनका एनाउन्स भयो रेल आउँदैछ भनेर । हामी अर्ध निन्द्राबाट उठेर हतारहतार झोलाहरु समाल्न थाल्यौँ । पहिलो पटक रेल चढ्न लागेको कतै छुटिनेपो होकी भन्ने डरले निकै सर्तक थियौ हामीहरु । सवैजना आफ्नो सिटमा बसिसकेपछि नयाँ अनुभवको एक नयाँ यात्रा सुरु भो । उत्सुकताले हामीहरुको निन्द्रा हराईसकेको थियो । अन्य यात्रहरु निदाईरहेका थिए । हामीहरु पनि आफ्नो आफ्नो सिटमा निदाउने सुर गर्दै थियौ तर सायद निन्द्रादेवि नेपालमानै छुटिछन् ।

२०५३ कि.मि को गोरखपुरदेखी राजकोट सम्मको यात्रा निकै रोमान्चक बन्यो । दिनभरि यताउता गरिरहने चाय–चाय स्वरले दिक्क बनाएको त थियो तर बेलाबेलामा साथीहरुविच हुने गफ ले र नयाँ नयाँ ठाउहरुको दृश्यले उर्जा थपिरहेकै थियो । रेल सुरुदेखीनै ढिला चलिरहेको थियो । हामी हाम्रो योजनाभन्दा ढिलो पुग्छौ भन्नेमा विश्वस्त थियौ । ६ र ७ गते हामी पुरै रेलको यात्रामानै रमायौँ । ७ गते साझ ७ बजे तिर राजकोट पुगियो । राजकोटमा हामीलाई रिसिभ गर्न सौराष्ट्र युर्निभसिटिबाट बस आएको थियो । सौराष्ट्र युनिभसिटिले हामीहरुलाई बस्ने तथा खाना खाने व्यावस्था गरेको थियो । कतिवेला ठुलाठुला पुल मुनी बाट त कतिवेला ठुलाठुला पुल माथी बाट गुजरातको भौतिक विकासलाई नियाल्दै हामी युनिभर्सिटी पुग्यौ । युनिभसिटि पुगिसकेपछि हामिहरु फ्रेस भएर खाना खायौँ । खानाको परिकारहरु पनि निकै नौला नौला थिए हाम्रो लागी । गुजराती खानाको पहिलोपटक स्वाद लिदै थियौ हामी । ड्राई सिटिको रुपमा प्रसिद्ध गुजरातमा मदिरा निशेध गरिएको रहेछ । प्रायजसो गुजरातीहरु साकाहारी नै हुने रहेछन् । हामीलाई पनि साकाहारी भोजन ले स्वागत गरे । खानामा अत्याधिक चिनीको प्रयोग गरिदो रहेछ । दाल, तरकारी सवैमा चिनिको प्रयोगले गर्दा हामीलाई अलि के नमिले के नमिले जस्तो आभास भैरहेको थियो तरपनि भोजन भन्दा भोक मिठो भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै पेटको देउतालाई गुलीयो खाना अर्पित गरियो । खाना खाईसकेपछि सौराष्ट्र युनिभर्सिटीका कलपति प्रतापसिङ चौहान सहित अन्य प्रोफेसरहरुको टोलीले हामीलाई युनिभर्सिटी को परिक्रमा गराउँदै सामान्य परिचय दिनुभयो । केहिक्षणको भ्रमण पश्चात हामीहरु युनिर्भसिटिको गेष्ट हाउसमा अर्को दिन गर्ने प्रिजेनटेसनको तयारी सकाएर आएर आराम ग¥यौँ ।

अर्को दिन ८ गते विहानै उठिसकेपछि गुजराति ब्रेकफास्ट सँगै हामीहरुलाई १० बजे सम्म बजार घुम्ने अनुमति तारा सर बाट प्राप्त भयो । हामी केटाहरुको टाली बनाएर बजार घुम्न निस्कीयौ । अटोमा चढेर एकछिन बजार घुमियो । बजारघुम्ने क्रममा केही गुजराती शव्दहरु प्नि सिक्ने अवसर प्रप्त भयो । ‘केम छो’, ‘बरोबर छे’, ‘आभार’ जस्ता शब्दहरु पटक–पटक दोहो¥याउँदै रमाईलो गर्दै गर्दा फर्किने बेला भएछ । फर्किदा एउटै अटोमा १२ जना केटाहरु बसेर आउँदाको क्षण अझै अविस्मणिय बन्यो । युनिभर्सिटि आएपछि हामीहरु फ्रेस भएर कन्फ्रेन्स हलतिर लाग्यौ । त्यहाँ सौराष्ट्र युनिभरसिटी र लुम्विनी बाणिज्य क्याम्पस विच एम.ओ.युमा हस्ताक्षर गर्ने विशेष कार्यक्रम थियो । युनिभर्सिटी को तर्फबाट आयोजना भएको कार्यक्रममा हामीले पनि नयाँ कुरा सिक्ने अवसर प्राप्त ग¥यौ । त्यहाँको स्वागत गर्ने तरिका र कार्यक्रम सञ्चालनको संरचना हामीहरुले गर्दै आएको भन्दा केही भिन्न भएको महशुस ग¥यौँ । एम.ओ.यु को कार्यक्रम सकिएपछि हामीहरु त्यहाँका विद्यार्थीहरुसँग केहीबेर परिचयात्मक कार्यक्रम ग¥यौँ । सो कार्यक्रमले त्यहाँको पठनपाठन शैली, परिक्षा प्रणाली, शैक्षिक गुणस्तर, भौतिक सुविधा, विषयगत क्रियाकलापहरु, रिसर्च पेपर तथा अन्य समग्र युनिर्भसिटिको बारेमा जान्ने मौका मिल्यो । त्यसपछि हामी खाना खान पुनः बास बसेको स्थान तिर लाग्यौ । उहि गुलियो खाना खाएर हामी पुनः कन्फ्रेन्स हलमा गयौँ र हामीले तयार गरेको नेपाल परिचयात्मक प्रिजेनटेसन प्रस्तुत ग¥यौँ । अरविन्द पाठक, अन्जली पन्थी र गिता न्यौपानेले प्रस्तुत गरेको प्रिजेनटेसनमा नेपाललाई विश्वमा परिचय दिने हिमाल, लुम्बिनी, पोखरा, बन्जी, ¥याफ्टिङ, सँस्कृति, पशुपतिनाथ जस्ता कुराहरु समावेस गरिएका थिए । साथै लुम्बिनी बाणिज्य क्यामपसको बारेमा सामान्य जानकारी परि गराईएको थियो । त्यहाँको सम्पुर्ण कार्यक्रम सकेपछि हामीहरु सौराष्ट्र युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हरिवन्दना कलेज पुग्यौ । त्यहाँका शिक्षक तथा विद्यार्थीहरु सँगको अर्तक्रिया पछि हामीहरु त्यहाँबाट निस्कियौँ । त्यसदिनको लागी औपचारिक कार्यक्रम सकिएको हुँदा हामीहरुलाई सपिङगर्नको लागी सरले समय दिनु भयो । सवै साथीहरु राजकोट बजारमा किनमेलको लागी निस्कियौ । म, प्रविन र सुसिला भएर एकछिन बजार घुमिसकेपछि मोवाईल किन्न गयौँ । नेपालमा भन्दा निकै सस्तो बजार भएकोले साथीहरु हौसिदै थिए । युनिर्भसिटि फर्किदा ८ बजीसकेको थियो । आजको खाना भने अलि भिन्न थियो । खानामा चिनि कम थियो । खाना खाईसकेपछि सवै साथीहरु गफिदै फोटो खिच्दै बस्दा १२ बजेको पत्तै भएनछ ।

९ गते विहानै उठेर हामीहरु ब्रेकफास्ट गरेपछिई.डि.आई.आई ९भ्लतचभउचभलभगचकजष्उ म्भखभयिऊभलत क्ष्लकतष्तगतभ या क्ष्लमष्ब० भारतिय उद्यमता विकास संस्थानको अवलोकन गर्न हामीहरु अहमदाबादतर्फ लाग्यौ । करिव ४ घण्टाको बसको यात्रा पछि हामीहरु राजकोट बाट अहमदाबाद पुग्यौ । ई.डि.आई.आई को अवलोकन पछि र त्यहाँका शिक्षकहरुको अन्तरक्रियाबाट हामीहरुले धेरै कुराहरु सिक्ने अवसर पायौ । भारतिय सरकारले शिक्षामा गरेको लगानी र त्यसबाट उत्पादीत जनशक्तिले देशमा पु¥याउने योगदानको बारेमा पनि बुझ्ने मौका मिल्यो । ई.डि.आई.आई ले विशेषतः आईडिया भएका तर अवसर नपाएका व्याक्तीहरुलाई उचित अवसर सिर्जना गरि उद्यमी बन्न सहयोग गर्ने रहेछ । ई.डि.आई.आईले हामीहरुलाई त्यसदिनको खानाको व्यवस्था पनि गरेको थियो । निकै भव्य क्यान्टिन्मा हामीलाई लगेर पुर्ण सत्कारको साथ खाना खाने व्यावस्था थियो । यहाँको खाना राजकोटको जस्तो गुलियो नभएर नेपाली पाराको थियो । सवै साथीहरुले खानाको प्रशंसा गर्दै खाना खाएर त्यहाँबाट हामी ए.एम.ए ९ब्जmभमबदबम ःबलबनझभलत ब्ककयअष्बतष्यल० तिर लाग्यौ । ए.एम.एमा पुगेर केहीबेरको अन्तरक्रिया तथा लाईव्रेरी अवलोकन गरेपछि हामीहरुले औपचारीक शैक्षिक कार्यक्रमहरु सकायौ । त्यसपछि हामीहरु गुजरातको पश्चिमपट्टी रहेको हिन्दुहरुको पवित्र धार्मिक स्थल सोमनाथको दर्शन गर्न नाईट वसमा त्यसतर्फ प्रस्थान ग¥यौ ।

१० गते विहानै लगभग सवा ४ सय किलो मिटरको नाईट बसको यात्रा पछि हामीहरु सोमनाथको मन्दिर परिसरमा पुगिसकेका थियाँै । सोमनाथमा भगवान शिवको दर्शन गरिसकेपछि हामीहरु केहीक्षण समुन्द्रको अवलोकन गरेर ब्रेकफास्ट ग¥यौँ । त्यसपछि हामी द्धारकामा भगवान कृष्णको मन्दिर दर्शनको लागी प्रस्थान ग¥यौ । सोमनाथबाट समुन्द्रको तटैतट करिव २३५ कि.मिको यात्रा पछि हामीहरु द्धारका पुग्यौ । बाटोमा पर्ने सुन्दर विचहरुमा केही समय बस रोकेर समुन्द्रका मनमोहक दृश्यहरुलाई क्यामरामा र मष्तिस्कमा कैद गर्दै हामी अगाडि बढ्दै थियौ । समुन्द्रको तटमा उँटको सफारीले हाम्रो यात्रालाई धेरै रोमान्चित बनायो । समुन्द्रको तटमा आफ्नो नाम वालुवामा लेख्दै फोटो खिच्दै गर्ने साथीहरुको पनि उत्तिकै भिड थियो । बाटोमा पर्ने विभिन्न मन्दिरहरुको दर्शन गर्दै हामीहरु साँझ ५ बजेतिर द्वारका पुग्यौ । होटल मिरामा बस्ने बन्दोबस्त भयो । हामीलाई बजार घुम्न राति ९ बजे सम्मको समय थियो । द्वारकाधीश मन्दिरको परिसरमा कयौ अरु मन्दिरहरुपनि थिए । मनमा भक्तिभाव प्रकट गर्दै हामीहरु हरेक मन्दिरमा भगवान्को दर्शन गर्दै थियौ । ९ बजेतिर होटल फर्किसकेपछि गुजराति थालीले पेट भरेर निन्द्रादेवीको चरणमा अर्पित भयौँ ।

११ गते विहानै समुन्द्रको नुनीलो पानीले स्नान गरेर हामी फेरी मन्दिरहरु दर्शन गर्नतिर लाग्यौँ । होटलमा २ बजे भित्र चेकआउट गर्नु पर्ने भएकोले हामीहरुलाई १ः३० बजे सम्मको समय थियो । ७ बजे तिर हामीहरु मन्दिरको दर्शन गरेर समुन्द्र तटमा गयौँ । केही समय समुन्द्रमा प्रविनको नयाँ मोवाईलबाट फोटोसेसन गरिसकेपछि हामी होटलतिल लाग्याँै । होटलमा पुगेर खाना खाईवरी हामीहरु पुनः राजकोटको यात्रा ग¥यौ । द्वारकाबाट करिव सवा २ सय किलो मिटरको यात्रा तय गरिसकेपछि हामी राजकोट पुग्यौँ । राजकोटमा साझको खाना खाईसकेपछि हामीहरु रेल प्रतिक्षामा थियौँ । रातको २ बजेको टिकट थियो हाम्रो । पहिले जस्तो ट्रेन डिले थिएन । हामीहरु अव पोख्त भईसकेका थियौँ । आफ्नो आफ्नो गु्रपको टिकट लिएर रेल चढ्याँै । फर्किदाको रेल यात्रा अझ रोमान्चित बन्यो । साथीहरुसँगको रमाईला गफ अनि बेलाबेलामा तारा सर र ईश्वर सरले सुनाउने आफ्ना अनुभव हरुले यात्रालाई उपलब्धिमुलक बनाउँदै थियो । लक्ष्मण ‘राजा’ले बेलाबेलामा लगाउने ‘च्याप्प–चिरिप्प’ गफले माहोल तताउदँै थियो । धेरैजसो साथीहरु आफ्नो आफ्नो धुनमा रेलयात्राको मनोरञ्जन लिदै थिए । हामी केही साथीहरु तारा सर र ईश्वर सर सँग राजनैतिक, वैचारीक, ग्रामिण, समसामयिक, जस्ता कुराहरु गर्दै गर्दै समय गुजार्दै थियौँ । १२ र १३ गते पुरै रेलको यात्रामा वित्यो । समयमै छुटेको भएतापनि हामीलाई ७ घण्टा ढिलो गरि करिव १४ गते विहान ३ः३० बजेतिर गोरखपुर रेल्वे स्टेसनमा पु¥यायो । गोरखपुरबाट हामीहरु बस चढेर नेपाल तिरको यात्रा सुरु गरियो । सुनौली मा आईपुगेपछि दशगजाको विचतिर सम्म गुड्ने झोला गुडाउँदै आएका हामीहरु दशगजाको विचबाट जुरुक्क उचालेर काधमा राखी आफ्नै प्यारो देश प्रवेश गरियो । १० दिन पछि देश आएको हुँदा देशको माटोले हामीहरुलाई फुल लिएर स्वागत गरेझैँ लागीरहेको थियो । हिमालको देशका हामी समुन्द्र सम्मको यात्रा अविस्मरणीय बन्यो ।

 

 

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: